कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय

२२ भदौ, काठमाडौं। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा […]

सम्बन्धित सामग्री

घुससहित समातिएका लेखा अधिकृत ढकाल दोषी ठहर, ६ महिना कैद सजाय तोकियो

काठमाडौं । २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मोरङको सुन्दर हरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढकाललाई दोषी ठहर गर्दै ६ महिना कैद हुने सजाय सुनाएको छ । अदालतले ढकाललाई २ लाख रुपैयाँ जरिवाना पनि सुनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कालिदासले पाए सफाइ

२४ भदौ, काठमाडौं । विशेष अदालतले सरकारी खाता रकम झिकेर अनियमितता गरेको आरोप लागेका लेखा अधिकृत रविनचन्द्र ढकाललाई मात्र भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले ढकालमाथि तीनवटा सरकारी निकायको बजेटको रकम निजी खातामा राखेको ठहर गरेको हो । उनीमाथि ९ वर्षको कैद सजाय हुने फैसला भएको छ । कटारी नगरपालिकामा भ्रष्टाचार गरेको आरोपमा ढकाललाई […]

सरकारी कोषको तीन करोड आफ्नो नाममा गर्नेलाई ९ वर्ष जेल

काठमाडौं : विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोष दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई विशेष अदालतले  नौ वर्ष कैद सजाय सुनाएको छ। गोरखापत्र दैनिकमा नारायण काफ्ले लेख्छन्, इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो। अदालतले विभिन्न कसुरमा बुधबार सजाय निर्धारण गरेको हो। कसुर ठहर भने भदौ ९ गते नै

किर्ते गर्ने लेखा अधिकृतलाई नौ वर्ष कैद

विशेष अदालतले विभिन्न तीन कार्यालयमा कार्यरत रहँदा सरकारी कोषको रकम दुरुपयोग गरेको अभियोग लागेका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई नौ वर्ष कैद सजाय सुनाएको छ। इलामको माई नगरपालिका, उदयपुरको कटारी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा सरकारको कोषको रकम अनियमितता गरेको कसुरमा अदालतले ढकाललाई कैद र बिगो जफतको फैसला गरेको हो।

दुई वर्षमा साढे ७ करोड भ्रष्टाचार, ९ वर्ष कैद सजाय

खरिदारबाट जागिर शुरु गरेका रविनचन्द्र ढकालले राज्यकोषमा भएको पहुँचको दुरुपयोग गर्दै झण्डै साढे ७ करोड कुम्ल्याएका थिए । विशेष अदालतले त्यो रकम भ्रष्टाचार हुने ठहर गर्दै उनलाई ९ वर्ष कैद सजाय तोकेको छ ।

कटारी नगरपालिकाका लेखा अधिकृतलाई ९ वर्ष कैद सजाय

काठमाडौँ। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा […]

इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठ जेल चलान

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।न्यायाधिश राजकुमार कोइरालाको एकल इजलाशले तामाङ सहित सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो  । इच्छाराज ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका थिए ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनी सहित ४३ जना विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। अदालतले अन्यलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । जस अनुसार सहकारीका सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख , सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख, सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरलाई ५ लाख , सहकारीका जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनलाई ५ लाख,  सहकारीका सहजकर्ता भगवान बहादुर सिंहलाई १० लाख, सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, सहकारीका लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, सहकारीका जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानालाई ५ लाख, र सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।