घुससहित समातिएका लेखा अधिकृत ढकाल दोषी ठहर, ६ महिना कैद सजाय तोकियो

काठमाडौं । २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मोरङको सुन्दर हरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढकाललाई दोषी ठहर गर्दै ६ महिना कैद हुने सजाय सुनाएको छ । अदालतले ढकाललाई २ लाख रुपैयाँ जरिवाना पनि सुनाएको छ ।

सम्बन्धित सामग्री

नाबालिग बलात्कार गर्ने गुल्मीका एकजनालाई १९ वर्ष कैद सजाय

नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई...

खानेपानी विभागका शाक्यलाई एक वर्षको कैद सजाय

काठमाडौं : गैरकानूनी सम्पत्ति आर्जनमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्य दोषी ठहरिएका छन्।विशेष अदालतले उनलाई मुद्दा दायर भएको तीन वर्षपछि आज दोषी ठहर गर्दै सजाय सुनाएको हो। विशेषका न्यायाधीशद्वय खुसीकुमार थारू र यमुना भट्टराईको संयुक्त इजलासले उनलाई एक वर्षको कैद सजाय सुनाएको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।उनका अनुसार इजलासले २ करोड ४२ लाख ६३ हजार रुपैयाँ बिगो असुल हुन र सोही रकम बराबर जरिवानासमेत हुने फैसला सुनाएको छ।२०७७ असारमा अख्तियार दुरु

पृथ्वी मल्ललाई उच्चबाट चार वर्ष कैद सजाय

काठमाडौं । उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ । जिल्ला अदालतले मल्ललाई दोषी ठहर गरे पनि ६ महिना मात्रै कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले आइतबार मल्ललाई चार वर्ष कैद सजाय निर्धारण गरेको […] The post पृथ्वी मल्ललाई उच्चबाट चार वर्ष कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिगम्बर रायलाई दुई वर्ष ८ महिना कैद सजाय

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित पाँचजनालाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलासहितको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो । तत्कालीन अध्यक्ष रायलाई दुई वर्ष ८ महिना कैद हुने फैसला भएको […] The post दिगम्बर रायलाई दुई वर्ष ८ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

काठमाडौं, पुस २९ । विशेष अदालत काठमाडौंले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय फैसला सुनाएको छ । विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अख्तियारका पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख […]

आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय

काठमाडौं, साउन ३१ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा अदालतले दोषी ठहर गरसँगै सुकीको जेल अवधि १७ वर्ष पुगेको हो । उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुकीमाथि आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर […]

पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीलाई कैद सजाय

काठमाडौं : बालककले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला सुनाइएको छ।कास्की जिल्ला अदालतले अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय, पीडितलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति, एकहजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने फैसला सुनाएको हो।कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालका अनुसार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएका हुन्। सरकारी वकिल कार्यालयले नेपालीविरुद्ध बालबालिका विरुद्धको

पिसाब नलीमा रबर बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर

ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छिन् । कास्की जिल्ला अदालतले आइतबार अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय सुनाएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार मात्रै होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको आइतबार थुनछेक बहसको पेसी थियो । तर अदालतले आइतबार नै उक्त मुद्दामा नेपालीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

म्यान्मार : आङ सान सू चीलाई ४ वर्षको कैद सजाय

म्यान्मारको सैन्य अदालतले नेत्री आङ सान सू चीलाई तीनवटा मुद्दामा दोषी ठहर गरी थप चार वर्षको कैद सजाय दिइएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सू चीलाई लगभग एक वर्षअघि सेनाले कू गरेपछि हिरासतमा लिइएको छ । उनीविरुद्ध लगभग एक दर्जन अभियोग छ । राजनीतिक प्रतिशोधका साथ उनीविरुद्ध मुद्दा लगाइएको आलोचकहरू बताउँछन् । उनलाई अनुमति नलिइकन वाकीटकी बोकेकोमा दुई वर्ष अनि कोरोनाभाइरस नियन्त्रण नियम तोडेकोमा अर्को दुई वर्षको कैद सजाय दिइएको हो ।  सू चीविरुद्ध लगाइएका सबै आरोप प्रमाणित भएमा १०० वर्षभन्दा बढीको कैद स...

जनकपुर बम विस्फोटः उच्च अदालतले घटायो साहको कैद सजाय

जनकपुर,असोज १९ । मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका कलाकर्मी लक्षित बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले सञ्जय साहलाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालतले सो फैसला उल्ट्याइदिएको छ। धनुषा अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेको थियो। उच्च […]