इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठ जेल चलान

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।न्यायाधिश राजकुमार कोइरालाको एकल इजलाशले तामाङ सहित सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो  । इच्छाराज ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका थिए ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनी सहित ४३ जना विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। अदालतले अन्यलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । जस अनुसार सहकारीका सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख , सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख, सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरलाई ५ लाख , सहकारीका जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनलाई ५ लाख,  सहकारीका सहजकर्ता भगवान बहादुर सिंहलाई १० लाख, सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, सहकारीका लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, सहकारीका जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानालाई ५ लाख, र सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

सम्बन्धित सामग्री

सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

काठमाण्डाै - सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो । सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर स...

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...