दुर्गम गाउँ सडक संजालमा जोडिएसँगै बुलका स्थानीय खुसीले फुरुंग

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको धौलागिरि गाउँपालिका-६ मा पर्ने दुर्गम मराङको बुल गाउँ पहिलोपटक सडक सञ्जालले जोडिएको छ।गाउँमा सडक पुगेपछि स्थानीय वासिन्दाहरु खुसीले फुरुङ्ग भएका छन्। भौगोलिक रुपमा अत्यन्त विकट बुलसम्म सडक सञ्जाल पुगेसँगै मराङका  सबै बस्तीमा सडक संजालको पहुँच पुगेको छ।हालै मात्र मराङको राम्चे–जेवाङ हुँदै बुल गाउँसम्म सडक जोडिएको राम्चे–जेवाङ हुँदै बुल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताए।गाउँमा सडक पुगेपछि अप्ठ्यारो पैदलमार्गको प्रयोग

सम्बन्धित सामग्री

दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र

जलेश्वर, १९ असार । बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताए। विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताए । बर्दिबास […]

दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा

जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी पुगेको छ । नेपाल टेलिकमले टुजी र थ्रिजी सेवा विस्तार गरेको १ वर्ष पछि ढोरपाटन नगरपालिकाको वडा नं ६ मा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।  सेवा सञ्चालनमा आए सँगै त्यहाँका खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय बढि घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावरबाट...

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

७ माघ, गलेश्वर । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो […]

उम्मेद्वार नपुग्ने दोलखाको दुर्गम गाउँ

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केही दिन मात्र बाँकी छ । उम्मेद्वार र नेताहरु घरदैलो र सभामा छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट ल्याउन गाडीको व्यवस्था पनि गरेका छन् ।निर्वाचनमा एक दुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ । जसका लागि अनेकौं जुक्ति अपनाएर भएपनि […]

दुर्गम गाउँ ठाउँसम्मै मतदाता शिक्षा कार्यक्रम पुर्याउने तयारी

काठमाण्डाै - मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम सुगम र सहर केन्द्रित मात्रै भएको भन्ने गुनासो भइरहेकाे बेला आयोगले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम पुर्याउने काम भइरहेकाे जनाएको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । आयोग आफैँले पनि सामाजिक सञ्जालमार्फत् मतदाता शिक्षा सम्बन्धी चेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको छ । यस्तै, ७७ वटै जिल्ला...

पुलले गाउँ जोड्यो, मन पनि जोड्यो

२ कात्तिक, ढोरपाटन । खुङ्खानी, नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । खुङ्खानीमा माध्यमिक तहको विद्यालय छ । थास्पुरी र नर्जाखानीका विद्यार्थी पढ्न त्यहीँ पुग्नुपर्छ । खुङ्खानी पुग्न करिब तीन घण्टा लाग्थ्यो तर अहिले त्यो समय छोटिएको […]

म्याग्दीको दुर्गम गाउँ शिवाङमा साढे दुई करोड लागतमा छात्रावास निर्माण

म्याग्दी : पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको साढे दुई करोड लगानीमा सुविधा सम्पन्न छात्रवास भवन निर्माण भएको छ। जिल्लाको धवलागिरि गाउँपालिका ७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माण भएको हो। भवन भित्रका संरचनाको व्यवस्थापन गरेर दशैँ विदापछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको विद्यालयले जनाएको छ।२४ कोठा रहेको तीनतले भवनमा ८० जना विद्यार्थी राख्न सकिने हेम माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीले बताए। छात्रावास भवनमा बस्ने विद्यार

बदलिँदै बागलुङको दुर्गम गाउँ बोलाङको चिनारी

बागलुङ : जिल्ला  सदरमुकामदेखि दूरको गाउँ बोबाङ। विगतमा यो गाउँ निकै दुर्गम मानिन्थ्यो।यहाँ बसोबास गर्ने अधिकांश मानिस आफ्नै रहनसहन, बोलीचाली, खानपान र संस्कृति छ। प्रायजसो यहाँका सर्वसाधारण खेतीपाती र पशुपालनमै निर्भर छन्। शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधार कमै मात्रमा भएकाले यो ठाउँलाई दुर्गम भनिन्थ्यो। तर अहिले त्यस गाउँको परिचय नै बदलिएको छ। ढोरपाटन नगरपालिका–७ र ८ मा पर्ने यो गाउँ पहिलेको जस्तो रहेन। स्थानीय शिक्षित बन्न थालेकाछन्। स्वास्थ्य, शिक्षा, खानोपानी यातायात

ठाडाखानी–भेडिखाल्टा हुँदै दुर्गम गाउँ कुईने पुग्यो सडक

म्याग्दी : उत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८ कुईने गाउँ  सडक सञ्जालसँग जोडिएको छ। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटर सडक निर्माण भएर बुधबार उद्घाटन गरिएको छ।गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने कुइने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे।ठाडाखा

तस्वीर : म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जामा थ्रीजी जडान हुँदै

म्याग्दीको अत्यन्त दुर्गम गाउँ धवलागिरि गाउँपालिका–१ गुर्जामा नेपाल टेलिकमको जीएसएम सेवा अन्तर्गत थ्रीजीको जडान कार्य हुँदै । इन्टरनेटको सुविधा नपुगेको गुर्जामा थ्रीजी जडान भएसँगै सञ्चारको पहुँच पुग्ने भएको छ । तस्वीर : रासस