जुम्ला - जुम्लाको दुर्गम गाउँ डुङ्ग्रीमा पाठेघरको निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँमा ४६ घरधुरी रहेका छन् । डुङ्ग्री गाउँ कर्णाली राजमार्गबाट झन्डै ३ घण्टाको उकालो काटेर पुग्न सकिन्छ । पाठेघरको समस्या भएका महिला उपचारबाट वञ्चित थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार शिविरमा ७३ जना महिलाको पाठेघर सम्बन्धी समस्याको परीक्षण गरिएको ...