म्याग्दी : उत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८ कुईने गाउँ सडक सञ्जालसँग जोडिएको छ। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटर सडक निर्माण भएर बुधबार उद्घाटन गरिएको छ।गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने कुइने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे।ठाडाखा