मुगु - छायाँनाथ रारा नगरपालिका-६ काे विकट गाउँ लिउडीमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।
कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो पटक लिउडीगाउँमा गाडी पुगेको हाे।
गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँमा गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको ६७ लाख रुपैयाँ लगानी र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर याे सडक निर्माण गरिएको जनाइएको छ ।
कोटिला मेलवाडा, रन्जनबालै हु...