सिमकोटमा हवाई उडान घटेपछि झन्डै २ सय टन जडीबुटी हुम्ला विमानस्थल परिसरमा अलपत्र परेको छ । हिमपात भएर विमानस्थल बन्द नहुँदै तराई झार्नुपर्ने जडीबुटी यो वर्ष मंसिर अन्तिमसम्म पनि ढुवानी हुन सकेको छैन । ढुवानी नहुँदा जडीबुटी विमानस्थलमै सड्ने अवस्थामा पुगेको जडीबुटी व्यवसायीको गुनासो छ ।