धौबादीमा फलाम उत्खनन् गर्ने अन्तिम तयारी

सरकारले नवलपुरको पहाडी क्षेत्रमा रहेको हुप्सेकोट गाउँपालिकामा फलाम उत्खनन् गर्ने अन्तिम तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धौबादी फलामखानीमा यसै आर्थिक बर्षदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी अन्तिम तयारी गरेको हो । खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत अध्ययन प्रतिवेदन अनुसार सो क्षेत्रमा एक सय हेक्टर क्षेत्रफलमा फलाम खानी रहेको छ । खानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय ५० मिटरसम्म रहेकाले प्रतिवेदनमा उल्लेख छ । भने उक्त खानीबाट करिव ३० बर्षसम्म प्रतिदिन ८ सय टन फलाम उत्पादन हुन्छ ।

सम्बन्धित सामग्री

स्वदेशमै फलाम उत्खनन् गर्दै सरकार

सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ।...

धौवादी खानीबाट फलाम उत्खनन् होला ? भदौमा आउने रिपोर्टबाट टुंगो लाग्ने

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ५ स्थित धौवादी फलाम खानीबाट निकाल्ने भनिएको फलाम गुणस्तरीय होला ? यो फलामले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ला ? विज्ञ समूहको अन्तिम रिपोर्ट भदौ पहिलो साता आउने भएको छ ।