स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् । […]