चीनको घरजग्गा व्यवसाय कम्पनी एभरग्रान्डीले अत्यधिक ऋण काढेर टाट पल्टिने स्थितिमा जान लागेपछि त्यसले विश्व अर्थतन्त्रलाई अर्को मन्दीको युगमा लग्ने भनी पश्चिमी सञ्चारमाध्यमहरूमा चर्चा गरिएको छ ।
पश्चिमी विश्लेषकहरूले यसलाई सन् २००८ को लेहम्यान ब्रदर्श काण्डसँग तुलना गरेका छन् । त्यतिखेर अमेरिकाको घरजग्गा व्यवसायलाई प्रोत्साहन गर्ने गरी लेहम्यान ब्रदर्श नामक बैंक (जुन त्यतिखेर अमेरिकाको पाँचौं विशाल बैंक थियो) ले सुझबुझ नअपनाइकन अत्यधिक मात्रामा ऋण प्रवाह गरेको थियो ।
त्यो ऋण असुली गर्न बैंक असमर्थ भएपछि टाट पल्टेको (ब्यां...