शनिबारलाई भाइ मसला किन्न भीड

काठमाडौंका व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ ।शनिबार भाइ टिका परेको हुनाले शुक्रबार पनि बजारमा भीड भएको हो । भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् । दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ ।भाइ मसलामा […]

सम्बन्धित सामग्री

तिहारलक्षित सामग्रीको व्यापार उच्च

काठमाडौं। तिहार नजिकिएसँगै बजारमा तिहार लक्षित सामग्रीको व्यापार उच्च भएको छ । यतिबेला काठमाडौंको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोकलगायत स्थानमा तिहारको किनमेल गर्ने उपभोक्ताको बाक्लो भीड लाग्ने गरेको छ । सम्बद्ध व्यवसायीका अनुसार अहिले तिहार मनाउन आवश्यक पर्ने भाइ मसला, विद्युतीय झलर, मैनबत्ती, रङ, फूलमाला, ढाकाटोपीलगायतको कारोबार उच्च छ ।  तिहारमा प्रयोग हुने विद्युतीय झलरको कारोबार निकै बढेको व्यापारीहरूले बताए । त्रिपुरेश्वरस्थित एक इलेक्ट्रिकल पसलका सञ्चालक रवि तण्डुकारले तिहार नजिकिएसँगै विद्युतीय झलर किन्ने ग्राहकको संख्या बढेको बताए ।  ‘सामान्य अवस्थामा यसको खासै कारोबार हुँदैन । तिहार शुरू भएसँगै झलर किन्न आउने ग्राहक दैनिक रूपमा बढिरहेका छन्,’ उनले भने, ‘अचेल दैनिक ५० हजार रुपैयाँसम्मको झलर विक्री भइरहेको छ । विशेष गरी तिहार र छठमा मान्छेले घरआँगन विभिन्न किसिमका रंगीचंगी बत्तीले रंगाउने चलन भएकाले यसको विक्री बढेको हो ।’  पहिलापहिला धेरैजसोले तिहारमा बत्ती बाल्न माटोको दियो प्रयोग गर्थे । पछिल्लो समय विद्युतीय झलरको प्रयोग गर्नेको संख्या बढेको छ । गतवर्षको तुलनामा यस वर्ष विद्युतीय झलरको आयात पनि बढेको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटाले जानकारी दिए । उनका अनुसार गतवर्ष तिहार र छठपर्वलाई लक्ष्य गरी ३६ करोड रुपैयाँ बराबरको विद्युतीय झलर आयात भएको थियो ।  यसवर्ष करीब ५० करोड रुपैयाँको आयात भएको छ । नेपालमा आयात हुने विद्युतीय झलरमध्ये ९५ प्रतिशत चीनबाट आयात हुन्छ । बाँकी ५ प्रतिशतमात्रै भारताट आयात हुने व्यवसायीले जानकारी दिए ।  अचेल भाइमसलाको कारोबार पनि ह्वात्तै बढेको छ । विशेष गरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि भाइमसलाका रूपमा काजु, किसमिस, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, ओखर, मिश्री, खुर्पानी, अलैंची, सुकमेल, मखना, सुपारीलगायत दिने गर्छन् । यसले गर्दा तिहार नजिकिँदा यी वस्तुको व्यापार बढेको खुद्रा व्यापारीले बताए । काठमाडौंको कालीमाटीमा किराना सामानको थोक पसल चलाइरहेका राममोहन वैश्यले तिहार नजिकिएसँगै भाइमसलाको माग बढेको बताए । ‘भाइमसलासँगै मैदा, खानेतेल, वनस्पति घिउ, सुजी, खानेसोडा जस्ता वस्तुको माग पनि बढेको छ,’ उनले भने, ‘यसले गर्दा अहिले सामान्य अवस्थाको तुलनामा व्यापार बढेको छ ।’ सामान्य अवस्थामा दिनमा ३५ देखि ४० हजार रुपैयाँसम्मको कारोबार हुने गरेकोमा अहिले ८० हजारदेखि लाखसम्म पुग्ने गरेको उनको भनाइ छ । मन्दीको कारण सामान्य अवस्थामा व्यापार खासै उत्साहजनक नभए पनि तिहार लागेकाले अहिले व्यापार राम्रो भइरहेको उनले सुनाए ।  खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले यस वर्ष भाइमसलाको मूल्य गतवर्षको तुलनामा खासै परिवर्तन नभएको जानकारी दिए । उनका अनुसार काजुको मूल्य अहिले प्रतिकिलो १५ सयदेखि १८ सय रुपैयाँ छ । बदाम प्रतिकिलो १२ सयदेखि १४ सयमा पाइन्छ । पेस्ताको मूल्य प्रतिकिलो २२ सय र किसमिसको ५ सय रुपैयाँ छ । त्यसैगरी ल्वाङ प्रतिकिलो २ हजार र ओखर ४ सय ५० देखि ५ सय रुपैयाँ किलो छ ।