सानो छँदा हामी ठूलाले सिलौटोमा अचार, मसला पिनेको देख्थ्यौँ । गाउँमा अझैपनि कयौँ घरमा सिलौटोको प्रयोग हुँदै आएको छ । शहरमा जहाँ २४ सै घन्टा बिजुली हुन्छ, त्यहाँ भान्सामा सिलौटाको स्थान मिक्सरले लिएको छ । मिक्सरमा छोटो समयमा नरिवलदेखि लिएर पिरो खुर्सानीसम्म पिसेर पेस्ट बनाइन्छ ।यसबाट समय बच्ने र खुर्सानी मसला पिस्दा हात पोल्ने समस्याबाट छुटकारा पाइन्छ ।सिलौटोदेखि मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ । हामी सिलौटामा पिसिएको मसलाको