नेपालमा सञ्चालनमा रहेको दर्जनौं मसला उद्योगले मरिच अभाव भएको भन्दै आयात खुलाउन माग गरेका छन् ।
मसला उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थको रूपमा प्रयोग हुने कालो मरिच नहुँदा मसला उत्पादन बन्द हुँदै उद्योग नै बन्द हुनसक्ने चिन्ता सम्बन्धित उद्योगीले गरेका छन् ।
मसला उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएकाले तत्काल आयात गर्न अनुमति दिनुपर्ने र मातहतका मन्त्रालयलाई सिफारिश गरिदिन माग गर्दै ५/७ उद्योगीले उद्योग विभागमा निवदेन नै दिएका छन् ।
उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार उद्योगीले आवश्यक क...