नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

२७ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड र अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्ने आफ्नो प्रदेशका खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने प्रस्ताव पारित गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको अन्तिम मन्त्रिपरिषद बैठकले सोमबार अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्ने २, नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने १८ र राष्ट्रपति रनिङ शिल्डमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत

सुर्खेत – कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका १० जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर कास्य, रजत र स्वर्ण पदकसहितका पदक जित्ने ४७ खेलाडीलाई रु २५ लाख ५५ हजार नगद पुरस्कार प्रदान […]

स्वर्ण पदक विजेता हमालसहित छ खेलाडी पुरस्कृत

कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु तीन लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।