धादिङ : धादिङको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो। धादिङमा करिब ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।धादिङमा २ हजार २ सय ७५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ३ जना वडा सदस्यका उम्मेदवारहरू निर्विरोध भइसकेका छन्। सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन्। मतगणना भने भोलिदेखि हुनेछ।आज साँझ