बाँकेका पाँच स्थानीय तहमा मतगणना जारी

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना जारी छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए । उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना भइरहेको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो । एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा […]

सम्बन्धित सामग्री

रौतहटका ५ सहित २३ स्थानीय तहको मतपरिणाम आउन बाँकी

काठमाडौंः स्थानीय तह निर्वाचन सम्पन्न भएको दश दिन बित्दा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २८ तहको नतिजा आएको छ। बाँकी २३ स्थानीय तहमा भने मतगणना जारी छ भने दुई स्थानीय तहमा मतगणना नै सुरु भएको छैन।अन्तिम मत परिणाम आउन बाँकी स्थानीय तहमा विराटनगरबाहेक ५ वटा महानगरपालिका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेका छन्। रौतहट जिल्लाका ५ स्थानीय तहको परिणाम आउन बाँकी छ। १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ स्थानीय तह रहेको रौतहटका गढीमाई, ग

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

काठमाडौं, ५ जेठ : नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुई वटा त महानगर छन् । तर, मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी प्रतिस्पर्धीसम्म बनेको छैन । मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम […]

मकवानपुरको स्थानीय तहमा कहाँ कसले जिते ?

मकवानपुर जिल्लाका ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । यसमध्ये नेपाली काँग्रेसले सर्वाधिक ५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।नेकपा एमाले दुईवटा स्थानीय तहमा सीमित बन्दा माओवादीले १ वटा स्थानीय तह आफ्नो नाममा गर्न सफल भएको छ । जिल्लामा रहेको हेटौँडा उपमहानगरपालिकामा भने मतगणना जारी रहेको छ । उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाइरहेकी छन् ।यी हुन् मकवानपुरको मनहरी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरुःअध्यक्षः रन्जन कालाखेति,गठबन्धन नेपाली काँग्रेस

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई, जसपा एकमा विजयी

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको …

स्थानीय तह निर्वाचन : अझै आएन ८ जिल्लाको नतिजा

शनिबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेपनि विभिन्न ८ जिल्लाका स्थानीय तहका अन्तिम नतिजा आउन सकेको छैन । कपिलबस्तु, रुपन्देही, नवल परासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, रौतहट, महोत्तरी, सुनसरी र झापा जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन नसकेको हो । तीमध्ये केही स्थानीय तहमा त मतगणना समेत हुन सकेको छैन । बाँकी स्थानीय तहमा भने मतगणना जारी रहेको छ ।

कसले कहाँ कहाँ जिते ? मोबाइलमै यसरी हेर्नुहोस् स्थानीय तह निर्वाचनको परिणाम

गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । देशका अधिकांश स्थानीय तहमा निर्वाचन सम्पन्न भएपनि केही ठाउँमा रोकिएको निर्वाचन हुँदै छ ।  निर्वाचन सम्पन्न भइसकेको स्थानीय तहको मतगणना जारी छ । केही स्थानीय तहको मतगणना सकिएर पनि नतिजा सार्वजनिक भइसकेको छ ।  यस्तोमा स्थानीय तह सदस्य निर्वाचन २०७९ को आधिकारिक नतिजा निर्वाचन आयोगले अनलाइनबाटै प्रदान गरिरहेको...

देशभरका विभिन्न स्थानीय तहमा राप्रपाका ३५ वडाध्यक्ष निर्वाचित (विवरण सहित)

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा देशभरका विभिन्न स्थानीय तहमा राप्रपाले ३५ वडामा विजय हासिल गरेको छ । मतगणनाका क्रममा केही स्थानीय तहमा अग्रता लिइरहेको र हालसम्म विभिन्न नगर तथा गाउँपालिकामा ३५ वडाध्यक्ष राप्रपाले जितेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । उनले २ सय ५० भन्दा बढी वडा सदस्यमा राप्रपा निर्वाचित भएको जनाएका छन् । यी हुन् राप्रपाले जितेका वडाहरुको विवरण :  १. नवलपरासीको रामग्राम नगरपालिका वडा नं- ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल

४६ स्थानीय तह जितेको काँग्रेसको २०९ स्थानमा अग्रता

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । सोमबार बिहानसम्म काँग्रेसले ४६ स्थानीय तहमा जित हासिल गरेको छ ।निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ । यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ । जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ । यस्तै काँग्रेसले हालसम्म ५० पालिकामा उपप्रमुख जितेको छ ।

सुर्खेतका १४ वडाको मत परिणाम सार्वजनिक

नौ स्थानीय तह मध्ये सिम्ताको एक मतदान केन्द्रमा विवाद हुँदा वैशाख ३० गते निर्वाचन हुन सकेको थिएन्। यहाँ सोमबार निर्वाचन हुँदैछ। बाँकी आठ स्थानीय तहमा मतगणना जारी छ।...

पर्साका १४ वटै स्थानीय तहमा मतगणना जारी, कहाँ कसको अग्रता?

वीरगञ्ज : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत पर्सामा सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। जिल्लाका १४ वटै स्थानीय तहमा मतगणना जारी रहँदा संघीय समाजवादी फोरम नेपाल सबैभन्दा अघि देखिएको छ। उसले ४ वटा स्थानीय तहमा अग्रता लिएको छ।फोरमपश्चात एमाले र माओवादी केन्द्रले ३/३ वटा स्थानीय तहमा अग्रता लिएका छन्। कांग्रेस २ वट...