धनकुटा : धनकुटामा वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग गरेको पाइएको छ। धनकुटा नगरपालिका वडा नंं १० को छाप र लेटरप्याड किर्ते गरेर प्रयोग गरिएको पाइएको हो। धनकुटा नगरपालिका वडा नंं. १० मा रहेको ऐतिहासिक मार्गापोखरी संरक्षण समितिले प्रदेश सरकारबाट पाएको ६ लाख रुपैयाँ नगद भुक्तानीको लागि वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग गरेको हो।प्रदेश सरकार, पर्यटन मन्त्रालयले मार्गापोखरी संरक्षणको लागि ६ लाख बजेट विनियोजन गरेको थियो। सोही बजेटमा सम्झौता गर्दा वडा कार्यालयको सिफारिस लगेको भएपनि रकम