महिला हत्याविरुद्ध न्यायको माग गर्दै बाँकेको नेपालगञ्जबाट २० दिनसम्म पैदल हिँडेर १३ जना महिलाहरू तथा ३ पुरुषहरूसहित १६ जनाको टोली असोज २० गते काठमाडौं आइपुगेका छन्।
असोज २१ गते उनीहरू दशरथ रंगशालाको प्रवेशद्वार अगाडिको फूटपाथमा थकाइ मारिरहेको अवस्थामा भेटिए । एक महिला त्यही फूटपाथमा ब्याग सिरानी हालेर सुतेकी थिइन् ।
केही महिला फूटपाथमा बसिरहेका थिए । एउटा/ एउटा ब्याग, टेक्ने लौरो लिएर उनीहरू नेपालगञ्जबाट हिँडेर आउँदा धेरैजसोको खुट्टामा ठूल्ठूला फोका आएका थिए । धेरैजसोको खुट्टाको पैँताला फाटेको थ...