काठमाडौं : धनी राष्ट्रहरुको समूह जी-७ देशका नेताहरुले आगामी वर्षभित्रमा गरिब देशहरुका लागि १ अर्ब डोज खोप दिने घोषणा गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जी–सेभेनका नेताहरु १ अर्ब खोप दिन तयार भएको बताएका छन्। जी–सेभेनका नेताहरु महामारीको समयमा ‘राष्ट्रवादी’ वा स्वार्थी प्रवृत्तिबाट माथि उठेर खोप सहयोगका लागि तयार भएको उनले बताएका हुन्। यो खोपमध्ये केही कोभ्याक्स कार्यक्रमबाट र केही सिधै सहयोग गर्ने जी–सेभेन देशहरुको तयारी छ। बेलायतमा