दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा सात सय ४७ जना बालबालिकालाई दादुरा- रुवेला विरुद्धको खोप लगाइएको छ । एक हजार ५४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखेर सोमबारदेखि गाउँपालिका ३१ खोप केन्द्र मार्फत खोप दिन सुरु गरेको पालिकाको स्वास्थ्य शाखाले एक साताको अवधिमा सात सय ४७ जना बालबालिकालाई खोप दिन सफल भएको वैतेश्वर गाउँपालिका स्वास्थ्य शाखा अधिकृत […]
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत भोली सोमबारदेखि २९ गतेसम्म यहाँ दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरेर दुई चरणमा नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगविरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही चैत १० देखि २२ गतेसम्म दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले संयुक्तरूपमा अभियानका बारेमा जानकारी दिन बिहीबार आयोजित अन्तक्र्रिया कार्यक्रममा दुई चरणमा पाँच वर्षमुनिका करिब ५० हजार २६० बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी दिइयो ।