काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय लगायतले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। परीक्षार्थीलाई खोप दिने विषयमा बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय भएको हो। मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप केन्द्र र मिति निर्धारण गरी एस्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्र दिन मातहतका निकायलाई निर्देशन दिएको छ।काठमाडौंमा प्रहरी अस्पताल पानीपोखरी,