चितवन- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीनवटा भाले गैंडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैंडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुईवटा गैंडालाई पूर्व ल्याइएको छ। अन्दाजी आठ र १७ वर्षका गैंडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन […]