चितवन । चितवनको भरतपुर महानगरपालिका– १६ मा एउटा भाले गैंडा मृत फेला परेको छ । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउमा करिब १६ वर्षको गैंडा मृत भेटिएको हो । मृत गैडा भेटिएपछि प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिने र मारिएको या कालगतीले मरेको भनेर पछि थाहा हुने बताईएको छ । […]