१७ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको हो । सो गैंडा अन्दाजी ३० वर्षजतिको थियो । गैंडाको खाग र खुर सुरक्षित छ । निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहँदै […]