रौतहटको चुरे क्षेत्रबाट निर्बाध रूपमा ढुङ्गा तस्करी भइरहेको भए पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । चुरे आसपासका खोला तथा नदीबाट ढुङ्गा निकासी गर्न रोक लगाएको छ तर रौतहटमा भने सो कार्य रोक्न कसैले ध्यान दिएका छैनन् । जिल्लाको चुरे क्षेत्रमा रहेको चाँदी, हिले र सुतनी खोलाबाट ट्याक्टरमा ढुङ्गा निकासी गरेर गैडाटारमा ठुलो परिमाणमा सङ्कलन गरिएको छ ।