प्रहरीले रक्तचन्दनको तेल भन्दै बरामद गरेको तरल पदार्थको वास्तविकता पुष्टि गर्न डिभिजन वन कार्यालय काठमाडौंलाई हम्मेहम्मे परेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले २ पटक गरेर ७७ लिटर ‘रक्तचन्दनको तेल’ भनिएको तरल पदार्थ वन कार्यालयलाई बुझाएको थियो ।
वन कार्यालयका प्रवक्ता सहायक वन अधिकृत शिवराम थापाका अनुसार रक्तचन्दनको तेल कसरी निकालिन्छ भन्ने परीक्षण भइरहेको छ ।
कार्यालयले रक्तचन्दनको काठलाई बफ्याएर त्यसबाट तरल पदार्थ निकाल्ने प्रयास गर्न लागेको छ ।
‘हामीले रक्तचन्दनको काठबाट तेल क...