ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरजंग, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा ईश्वरपुर नगरपालिका–६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।तीन अभियुक्तमध्ये कार्कीव