डिभिजन वन कार्यालय सुर्खेतको कार्यालयभित्र बिहीबार वीरेन्द्रनगर नगरपालिका–१३ का ५८ वर्षीय धनीराम लामिछाने मृत भेटिएको घटनालाई लिएर सहायक वनअधिकृतसहित चार जनाविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका छन् ।शुक्रबार मृतकका आफन्तले सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र राजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । लेकबेशी नगरपालिका–१० घर भएका लामिछाने हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए । वन मुद्दामा पक्राउ परेक