सरकारले विभिन्न श्रम गन्तव्य देशहरूसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरूले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाइएको छ । सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई कडाइ गर्न थालेपछि थोरै युवालाई सीमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नामका चर्को पैसा असुल्ने क्रम बढ्न थालेको हो ।