जनकपुरधाम । प्रदेश २ ले आर्थिक वर्ष २०७८/०७९का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ ।