काठमाडौं । चार वटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।प्रदेश १ प्रदेश १ मा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न निर्देशन दिइएको छ। सोमबार प्रदेशसभा बैठक