सात लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त कम्पनीहरूमध्ये हालसम्म सात कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स र एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । धौलागिरी लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश छ । त्यस्तै फर्ष्ट माइक्रोफाइनान्सले ७ दशलमव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नै नगद लाभांश छ ।  त्यस्तै एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारितका लागि कम्पनीले पुस ३ गते साधारण सभा बोलाएको छ ।  स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट १२ दशमलव ३५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव मङ्सिर १५ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ ।  सपोर्ट लघुवित्तले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कुन लघुवित्तको लाभांश कति ?  

सम्बन्धित सामग्री

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको कुल १३ दशमलव ०१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कुल लाभांशमध्ये १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ६ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर अघिल्लो आवको तुलनामा गत आवमा घटेको छ ।

आरएसडिसी र युनिक लघुवित्त कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त संस्थाहरूमध्ये दुईओटाले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।  त्यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/ ८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  यी दुई लघुवित्त कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूले प्राप्त गर्ने छन् ।

एनआईसी एशिया लघुवित्तले लाभांश गर्‍यो घोषणा, नगद लाभांश कति ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । आइतवार बसेको कम्पनीको सञ्चालक समिति बैठकले १४ दशमलव ७५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७३ करोडभन्दा बढीको १४ दशमलव ७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) सम्बन्धी प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि सर्वसाधारण शेयरधनीले पाउनेछन् ।

लघुवित्त कम्पनीहरूद्वारा धमाधम लाभांश घोषणा, कसले कति दिए ?

विगतका आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । दोस्रो बजारमा हालसम्म कुल ५८ लघुवित्त कम्पनी सूचीकृत रहेकोमा ३३ कम्पनीले यो आर्थिक वर्ष लाभांश घोषणा गरिसकेका छन् ।

लघुवित्त कम्पनीहरूद्वारा धमाधम लाभांश घोषणा, कसले कति दिए ?

विगतका आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । दोस्रो बजारमा हालसम्म कुल ५८ लघुवित्त कम्पनी सूचीकृत रहेकोमा ३३ कम्पनीले यो आर्थिक वर्ष लाभांश घोषणा गरिसकेका छन् ।

कालिका लघुवित्तको लाभांश घोषणा, बोनश शेयर कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। गत माघ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् । कम्पनीले गत वर्ष १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस आधारमा गत वर्ष भन्दा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ ।

फस्ट माइक्रो फाइनान्स लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने भएको हो । १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।यस्तै, १ प्रतिशत हुन आउने ९६ लाख ४४ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिल

यी दुई कम्पनीले दिँदैछन् लगानीकर्तालाई मनग्य लाभांश, कुनको कति ?

जाल्पा सामुदायिक लघुवित्त र एभेरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा छन् ।

मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्था लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। लघुवित्तको कात्तिक १६ गते बसेको ६६ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १७ प्रतिशत नै बोनस सेयर रहेको छ। हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ। १७ प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजीमा २ करोड थपिनेछ। स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

१७ भदौ, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१ दशमलव शून्य ५ […]