काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त संस्थाहरूमध्ये दुईओटाले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
युनिक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
त्यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/ ८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यी दुई लघुवित्त कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूले प्राप्त गर्ने छन् ।