काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । आइतवार बसेको कम्पनीको सञ्चालक समिति बैठकले १४ दशमलव ७५ प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको हो ।
कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७३ करोडभन्दा बढीको १४ दशमलव ७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) सम्बन्धी प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि सर्वसाधारण शेयरधनीले पाउनेछन् ।