यी दुई कम्पनीले दिँदैछन् लगानीकर्तालाई मनग्य लाभांश, कुनको कति ?

जाल्पा सामुदायिक लघुवित्त र एभेरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा छन् ।

सम्बन्धित सामग्री

सात लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त कम्पनीहरूमध्ये हालसम्म सात कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स र एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । धौलागिरी लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश छ । त्यस्तै फर्ष्ट माइक्रोफाइनान्सले ७ दशलमव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नै नगद लाभांश छ ।  त्यस्तै एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारितका लागि कम्पनीले पुस ३ गते साधारण सभा बोलाएको छ ।  स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट १२ दशमलव ३५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव मङ्सिर १५ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ ।  सपोर्ट लघुवित्तले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कुन लघुवित्तको लाभांश कति ?

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले तिरे कर, कति भयो राजस्व सङ्कलन ?

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स-डिएसटी)वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने नौ कम्पनी दर्ता भएका र छ कम्पनीले कर...

वासिङ मेसिनदेखि फ्रिजसम्म : कुन ब्रान्डमा कति छुट ?

काठमाडौं । चाडपर्वको समय पारेर धेरैजसोले घरमा नयाँ नयाँ सरसामान जोड्ने गर्छन् । उपभोक्ताको यही प्रवृत्तिलाई बुझेर विभिन्न कम्पनीले आफ्नो उत्पादनमा विशेष छुट अफर ल्याउने गरेका छन् । खासगरी घर तथा भान्सामा प्रयोग हुने सामग्रीहरु खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हुन्छ । सामसुङदेखि भिडियोकनसम्मका कम्पनीले घरायसी सामग्रीमा के-कति छुट दिएका छन् त ? सामसुङ […]

कति दिँदैछ नेपाल पुनर्बीमा कम्पनीले लगानीकर्तालाई लाभांश ?

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।

थप २ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति , कुनको कति ?

थप २ हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सयपत्री हाइड्रोपावर लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएका हुन्। बोर्डले सयपत्रीलाई जेठ १८ मा र मन्दाकिनीलाई जेठ १९ मा अनुमति दिएको हो ।अनुमति पाएसंगै अब सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।त्यस्तै मन्दाकीनी हाइड्रोले आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्ने छ । कम्पनीले  बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो  । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि ३ वर्षदेखि विद्युत गरिरहेको छ ।

हाइड्रोपावरको लाभांश : कुन कम्पनीले कति दिँदैछन् ?

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले जस्तै जलविद्यतु् कम्पनीहरुले समेत धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले साधारणसभा बोलाएर लाभांश पारित नै गरिसकेका छन् भने केही कम्पनीहरु साधारण सभा बोलाउने तरखरमा छन् । लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरु भने शेयरधनीहरुलाई कति लाभांश दिने भनेर छलफलमै छन् […]

म्युजिक भिडियोको अंकगणित : युट्युबमा करोड भ्युज पुग्दा कति कमाइ ?

२९ कात्तिक, काठमाडौं । एक समय थियो, गीत कति हिट र त्यसबाट कति आम्दानी भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । म्युजिक कम्पनीले क्यासेट बिक्री गरेको आधारमा गायक/सर्जकले रोयल्टी पाउँथे । अहिले जमाना फेरिएको छ । गीत हिटको मापन र आम्दानीको मुख्य स्रोत युट्युब बनेको छ । धेरै कलाकारहरुले युट्युब च्यानल खोलेर आफ्ना गीत आफ्नै […]

तेह्रथुम पावर कम्पनीले पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?

भदौ २९, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि रू. ८४ दशमलव ७४ देखि रू. २५४ दशमलव २२ को मूल्य रेञ्ज पाउने देखिएको छ ।  कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ रहेको छ । यस कम्पनीले कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ २५ गते बाँडफाँट गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो । सर्वसाधारणमा आईपीओ जारी गर्नु अघि कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गरेको हो । स्थानीय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुगेको छ ।  कम्पनीको  संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ ।  कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ ।

के सरकारले फाइजर खोप खरिदका लागि सम्झौता गरेको हो?

मन्त्रालय स्रोतका अनुसार कम्पनीले नेपालको उक्त पत्रमा जवाफ पठाउँदै  ‘नेपालमा कति खोप आवश्यक छ?’ भनेर सोधेको छ, तर नेपालले अझै पनि कति खोप आवश्यक छ भन्ने जवाफ पठाउन सकेको छैन।

कतारी दुई कम्पनीले पठाए १४ नेपालीले पाउनुपर्ने आधा करोड

काठमाडौं । कतारका दुई कम्पनीले नेपालीहरुले पाउन बाँकी करिब आधा करोड रकम पठाएका छन् । कतारस्थित नेपाली दूतावासका अनुसार अल दला क्लिनिङ एण्ड कन्ट्राक्टिङ कम्पनीले २ र अल बन्ड्री इन्जिनियरिङ कम्पनीले १२ नेपालीको पाउन बाँकी रकम भुक्तानी गरेका हुन् । यसअघि नै नेपाल फर्किसकेका तर तलव लगायत सुविधा पाउन बाँकी रहेका १४ नेपालीको रकम दूतावास मार्फत भुक्तानी पठाइएको दूतावासले जनाएको छ । उक्त रकम दूतावासले कन्सुलर सेवा विभागमा पठाएको छ । अब विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने छ । फर्किसकेका श्रमिकले आफ्नै जिल्लाको प्रशासन कार्यालय मार्फत उक्त रकम पाउने छन् । हेरौंँ, कसले कति रकम पाउँछन् ?