काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको कुल १३ दशमलव ०१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कुल लाभांशमध्ये १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ६ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर अघिल्लो आवको तुलनामा गत आवमा घटेको छ ।