नेको इन्स्योरेन्सले यस वर्षपनि १५ प्रतिशत बोनस सेयर दिने

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । 

सम्बन्धित सामग्री

नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र साइन रेसुङ्गाको बोनस सेयर सूचीकृत

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ । नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ […]

सन नेपाल लाइफको बोनस सेयर घोषणा, २७ प्रतिशत हकप्रद पनि जारी गर्ने

१३ फागुन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट २३.८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको  सञ्चालक समिति बैठकले सो बोनस सेयरका लागि आवश्यक १.२५२६ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । कम्पनीले बोनस सेयर दिएपश्चात कायम हुने चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर पनि निष्कासन […]

रिलायबल नेपालले १६ प्रतिशत बोनस सेयर दिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर तथा ०.८४ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सातौँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा...

एनएलजी इन्स्योरेन्सको बोनस सेयर घोषणा

२९ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै प्रस्तावित बोनस सेयरमा कर प्रयोजनार्थ लाग्ने ४२ लाख २४ हजार रुपैयाँ नगद लाभांश पनि दिने निर्णय कम्पनीले […]

युनाइटेड इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर दिने

२७ कात्तिक, काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । २५ कात्तिक शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजारको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित लाभांशको कर […]

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

लुम्बिनी जनरल इन्स्योरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।कम्पनीको २८औं वार्षिक साधारणसभाले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।त्यस्तै कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले निर्जीवन बिमा […]

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।लाभांश संशोधन गरेर कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बीमा समितिले नगद लाभांशमा कडाइ गरेपछि इन्स्योरेन्सले बोनस सेयर दिने भएको हो ।कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित र बीमा समितिले पास गरेपछि मात्रै वितरण हुने छ

नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ०.८२ प्रतिशत नगद लाभांशसहित १५.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।साधारणसभामा सेयरधनीहरूले भर्चुअल माध्यमबाट आफ्ना जिज्ञासा, सुझा

प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १९ औं वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार पुग्नेछ । निर्जीवन बिमा कारोबार गर्दै आएको कम्पनीको १९ […]