निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ०.८२ प्रतिशत नगद लाभांशसहित १५.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।साधारणसभामा सेयरधनीहरूले भर्चुअल माध्यमबाट आफ्ना जिज्ञासा, सुझा