प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।लाभांश संशोधन गरेर कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बीमा समितिले नगद लाभांशमा कडाइ गरेपछि इन्स्योरेन्सले बोनस सेयर दिने भएको हो ।कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित र बीमा समितिले पास गरेपछि मात्रै वितरण हुने छ

सम्बन्धित सामग्री

प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

११ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश परिमार्जन गरेको छ । २९ कात्तिकमा बसेको सञ्चालक समितिको बैंठकले पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल बीमा प्राधिकरणले लाभांशमा लाग्ने कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्नुपर्ने सर्त राखेकोले लाभांश परिमार्जन भएको कम्पनीले जनाएको छ । कम्पनीले प्रस्तावित […]

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर दिने

प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।कम्पनीको २८औं वार्षिक साधारणसभाले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।त्यस्तै कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले निर्जीवन बिमा […]

प्रिमियरको एफपीओ भरेकाले बोनस पाउने, महिनादिन कट्दा पनि सूचीकरण भएन

५ चैत्र, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले हालै जारी गरेको एफपीओ (नयाँ सेयर निष्कासन) पारेका लगानीकर्ताले पनि बोनस सेयर पाउने भएका छन् । ‘एफपीओ बाँडफाँट भएसँगै सेयर धनि कायम हुने भएकोले बोनस सेयर उनीहरुले पनि पाउने छन, सेयर सूचीकरण नै हुन पर्दैन,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले भने । तर, …

प्रिमियरको एफपीओका लगानीकर्ताले पनि बोनस सेयर पाउने

२५ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई १३.५२ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । कम्पनीले हालै जारी गरेको एफपीओपछि कायम हुने सेयर धनीले समेत बोनस पाउने निर्णय गरेको हो । यससँगै कम्पनीकोचुक्ता पुँजी ५८ करोड रुपैयाँ पाउने भएको छ । कम्पनीले कर बापत नगद लाभांश समेत दिने प्रस्ताव गरेको …