विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।
जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका कार्कीले यसअघि कहिल्यै पनि प्राङ्गारिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन । “म विगत २८ वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु”, कार्कीले भन्नुभयो, “तर कोरोना कहर शुरु भएयता जसरी मैले फलाएको तरकारी बिक्री भयो, त्यसरी यसअघि कहिल्यै पनि भएको थिएन ।”