नेप्से परिसूचक २६ सय तल झर्‍यो, कारोबार रकम भने ७ अर्ब माथि

१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

नेप्सेमा दोहोरो अंककाे वृद्धि, ७ अर्ब १२ करोडकाे कारोबार

काठमाडौं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।आज बजार १९.४३ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक दुई हजार ७८४.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ को विन्दुमा पुगेको छ। आज कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ बढीको भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ५.४८ अंकले उकालो लागेको छ। वित्त समूह ३.३१ अंकले, व्यापार समूहमा १.९१ प्रति

सेयर बजारमा हरियाली, नेप्से ७३ अंकले उकालो लाग्यो

काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली आएको छ। आज बजार ७३.०१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार सात सय ६५.४७ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १३.२१ अंकले उकालो लागेर पाँच सय १९.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ।आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन व्यापार समूह सर्वाधिक ६.०८ प्रतिशतले उकालो लागेको छ।विकास बैंक समूह ५.४९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ७ अर्ब मात्रै

साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजार झिनो अंकले गिरावट भएको छ । यस दिन नेप्से परिसूचक ०.६२ अंकले घट्दै २ हजार ८७५.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यस  दिन सेन्सेटिभ परिसूचक १.५३ अंकले घट्दै ५ सय ३५.२९ विन्दुमा झरेको छ । कुल २ सय ३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा कारोबार भएको छ । व्यापार, जलविद्युत, जीवन बीमा र इन्भेष्टमेन्ट समूहबाहेक अन्य सबै समूहका सूचकहरू बिहीवार ऋणात्मक भएका छन् । यस दिन हिमालयन...

खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।

सेयर बजारमा ४४ अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४ अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदासम्म ४४ अंकले घटेर रोकिएको हो । उक्त अंकको गिरावटसँगै २९ सय ३६ अंकमा आएर रोकिएको छ ।यसक्रममा आज ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भई १ करोड ५० लाख कित्ता सेयर मात्रै किनबेच भएको छ । यसक्रममा आज दुई वटा समूहमा सुधार आएको छ । आज अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको हो ।अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ । यसबाहेक अन्य सबै समूहमा

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार २७.१७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९.४१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँमा सिमित भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ७ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।यो दिन जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी स

नेप्से २७.३८ अंकले बढ्यो, कारोबार रकम भने सवा ७ अर्बमा सिमित

साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३८ अंकले बढ्दै २८७०.३८ विन्दुमा पुगेको छ ।  यस दिन कारोबार रकम ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ । आइतवार सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढ्दै ५२९.४१ विन्दुले बढेको छ । यस दिन अन्तिम समयसम्म कुल २ सय २७ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँ बराबरमा कारोबार भयो ।  आइ...

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]

आज पनि बढ्यो नेप्से, बजार पुँजीकरण ३२ खर्ब नाघ्यो

काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो । यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ । यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर