साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३८ अंकले बढ्दै २८७०.३८ विन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकम ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ ।
आइतवार सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढ्दै ५२९.४१ विन्दुले बढेको छ ।
यस दिन अन्तिम समयसम्म कुल २ सय २७ कम्पनी कारोबारमा आएका थिए ।
यी कम्पनीहरूको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँ बराबरमा कारोबार भयो ।
आइ...