साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजार झिनो अंकले गिरावट भएको छ ।
यस दिन नेप्से परिसूचक ०.६२ अंकले घट्दै २ हजार ८७५.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
यस दिन सेन्सेटिभ परिसूचक १.५३ अंकले घट्दै ५ सय ३५.२९ विन्दुमा झरेको छ ।
कुल २ सय ३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा कारोबार भएको छ ।
व्यापार, जलविद्युत, जीवन बीमा र इन्भेष्टमेन्ट समूहबाहेक अन्य सबै समूहका सूचकहरू बिहीवार ऋणात्मक भएका छन् ।
यस दिन हिमालयन...