काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो । यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ । यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर