१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासङ्घको संयुक्त पहलमा महानगर परिसरमा आयोजित समारोहमा मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।