एक संस्थामा जागिर गरिरहेकी २३ वर्षीया युवतीलाई टाउको दुख्ने समस्या छ । स्कुल पढ्दाताका नै जँचाउन अस्पताल लैजाँदा चिकित्सकले दृष्टि कमजोर भएकाले चस्मा लगाउन सुझाएका थिए । सुरुका केही वर्ष चस्माले काम गर्यो तर उनको टाउको दुखाइ निको भएन ।
भक्तपुर । सन् २०१० मै नेपाल कुष्ठरोग उन्मुलन देश बन्न सफल भएको थियो । तर कुष्ठरोग उन्मूलन भएको देश घोषणा भएको यति धेरै वर्ष भइसक्दा पनि अहिलेसम्म पनि कुष्ठरोगीहरुमाथि विभेद हुने गरिएको एक कार्यक्रममा बताइयो । यही कारण अहिले पनि कुष्ठरोगीहरु खुलेर नआउने गरेको र उनीहरु लुकाएरै उपचारमा रहने गरेको जनाइएको हो । कुष्ठरोग भनेको पूर्वजन्ममा […]
The post कुष्ठरोगको पूर्णउन्मुलनमा चुनौतीपूर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धानका १४ डिएसपीको एसपीमा बढुवा गरेको छ । बढुवा समितिको मंगलबारको बैठकले उनीहरूको बढुवा गरेको हो । बढुवाको सूची औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । राष्ट्रिय अनुसन्धान विभागमा बढुवाका आकाङ्क्षीहरूले भने फेरि पनि विभेद भएको भन्दै विभागका प्रमुखसमक्ष असन्तुष्टि जाहेर गरेका छन् । उनीहरूले अन्याय भएको भन्दै कानुनी उपचारमा जाने […]
कर्णाली प्रदेशसभामा ‘दलित अधिकार प्रबर्धन, सशक्तीकरण र विकास गर्न बनेको विधेयक’ प्रस्तुत गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बुधबार उक्त विधेयक सभामा पेश गरेका हुन् ।समाजमा विद्यमान जातीय विभेद तथा छुवाछूत नियन्त्रण गर्दै सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न विधेयक पेश भएको बताइएको छ । साथै कर्णाली प्रदेशमा बसोबास गर्ने दलित समुदायलाई निःशुल्क शिक्षासम्बन्धी व्यवस्था गर्न, स्वास्थ्य उपचारमा पहुँच बढाउन र त्यस्तो समुदायको अधिकार प्
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका ...
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका ...
‘क्यान्सर उपचारमा विद्यामान विभेद अन्त्य गरौँ’ भन्ने मूल नारासँगै यस वर्षको विश्व क्यान्सर दिवस संसारभरि मनाइँदैछ । गरिब तथा दुर्गम क्षेत्रका बासिन्दाका लागि कुनै पनि जटिल रोगको पहिचान तथा उपचार सेवा पाउन कठिनाइ हुनु हाम्रोजस्तो विकासोन्मुख देशको यथार्थ हो ।
कोभिड–१९ ले सिर्जना गरेको जनस्वास्थ्य सङ्कटमा जन स्वास्थ्यकर्मीको प्रभावकारिता आलोच्य बन्यो । हुन पनि तिनले यस अवस्थामा नागरिकलाई सुसूचित पार्न, प्रवद्र्धनात्मक सेवाको तयारी र त्यसको कार्यान्वयनमा आशातीत योगदान दिन सकेनन् । जनस्वास्थ्यका कतिपय सरकारी तथा गैरसरकारी क्षेत्रका संरचनाले पनि हात बाँधेर बसे । बन्दाबन्दीको घोषणा गर्नुको अभिप्राय रोग नफैलियोस् भन्ने थियो । यस अवसरलाई धेरैले घरमा बस्ने बिदाका रूपमा लिए । कैयौँ पेशाकर्मी सामाजिक सञ्जालमा सक्रियता देखाउनबाहेक व्यक्ति वा समुदायसम्म पुग्ने, अवस्थाको विश्लेषण गर्ने, सम्भाव्य सङ्क्रमित वा प्रभावितलाई आवश्यकता र औचित्यका आधारमा सुसूचित पार्ने, सेवा वा उपचारमा सहजीकरण गर्ने, सङ्क्रमितप्रति व्याप्त विभेद हटाउने, नीति नियम बनाउन र त्यसको कार्यान्वयनमा उल्लेख्य योगदान दिन चुके । यस्तो अवस्था आएको राज्यले जनस्वास्थ्य क्षेत्रलाई कम आँकेको वा जनस्वास्थ्यकर्मीको नेतृत्व क्षमता र दूरदर्शिताको कमी भएकाले हुन सक्छ ।
वर्तमान समय जनस्वास्थ्यका दृष्टिकोणले चुनौतीपूर्ण छ । मानिसको आहार, विहार र विचारमा निकै परिवर्तन आएको छ । धनीका समस्या र गरिबका स्वास्थ्यका समस्या साँघुरो हँुदै छन् । त्यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा देखापर्न थालेको छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार हालसम्म मानिसमा करिब एक हजार चार १५ थरीका रोग पहिचान भइसकेका छन् । आगामी दिनमा रोग बढ्दै जानेछन् । आममानिसलाई सुसूचित पार्न सकेमा भविष्यमा आउन सक्ने ठूलो क्षतिबाट भावी पुस्तालाई सुरक्षित पार्न सकिन्थ्यो । यसको नेतृत्व जनस्वास्थ्यकर्मीले नै गर्नुपर्छ ।
अस्पतालमा छोरा र छोरीको उपचारमा परिवार, छरछिमेकी र आफन्तले विभेद गरेको देख्दा अहिले पनि उनको मन पोल्छ। ‘कतिपय छोरीमान्छेलाई सन्चो नहुने भएपछि उपचार पुरा नगरी फर्काएर लैजानुहुन्थ्यो,’ उनले भनिन्।
कोभिड–१९ महामारीको बढी असर बा–आमा (ज्येष्ठ नागरिक)हरूलाई परेको छ । झन् आम्दानीको स्रोत नहुने र सन्तान नहुनेहरूको जीवनयापन कठिन हुन पुगेको छ । सामाजिक दूरी बढ्दै गएको र सञ्चारका प्रविधिमा पहुँच नहुँदा उनीहरू एक्लिँदै गएका छन् । उनीहरूमा मानसिक समस्या देखापर्न थालेको छ । पहिला लागेको निको नहुने रोग र त्यसको उपचारले कमजोर बनाएको शरीरमाथि थप रोगको कारणले सङ्क्रमितहरूमा ज्येष्ठ नागरिको मृत्युदर उच्च हुन गएको छ । बन्दाबन्दीमा बढ्दै गएको घरेलु हिंसासँगै ज्येष्ठ नागरिकमाथि हुने हिंसामा पनि वृद्धि भएको देखिन्छ । तीन वर्षअघिको एक अध्ययनले छजना ज्येष्ठ नागरिकमा एकजना हिंसामा परेको देखाएको छ ।
यस विषम परिस्थितिमा ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाहरूले आफ्नो दायित्व पूरा गर्दै आइरहेका छन् । यसबीच विभिन्न देशमा ज्येष्ठ नागरिकलाई उपचारमा विभेद गरिएको, प्राथमिकता नदिएको, परीक्षण नगरिएको, ठूलो संख्यामा केयर होममा रहेका ज्येष्ठ नागरिककोे मृत्यु भएको समाचार आइरहेका छन् ।