ज्येष्ठ नागरिकको सुरक्षा

कोभिड–१९ महामारीको बढी असर बा–आमा (ज्येष्ठ नागरिक)हरूलाई परेको छ । झन् आम्दानीको स्रोत नहुने र सन्तान नहुनेहरूको जीवनयापन कठिन हुन पुगेको छ । सामाजिक दूरी बढ्दै गएको र सञ्चारका प्रविधिमा पहुँच नहुँदा उनीहरू एक्लिँदै गएका छन् । उनीहरूमा मानसिक समस्या देखापर्न थालेको छ । पहिला लागेको निको नहुने रोग र त्यसको उपचारले कमजोर बनाएको शरीरमाथि थप रोगको कारणले सङ्क्रमितहरूमा ज्येष्ठ नागरिको मृत्युदर उच्च हुन गएको छ । बन्दाबन्दीमा बढ्दै गएको घरेलु हिंसासँगै ज्येष्ठ नागरिकमाथि हुने हिंसामा पनि वृद्धि भएको देखिन्छ । तीन वर्षअघिको एक अध्ययनले छजना ज्येष्ठ नागरिकमा एकजना हिंसामा परेको देखाएको छ । यस विषम परिस्थितिमा ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाहरूले आफ्नो दायित्व पूरा गर्दै आइरहेका छन् । यसबीच विभिन्न देशमा ज्येष्ठ नागरिकलाई उपचारमा विभेद गरिएको, प्राथमिकता नदिएको, परीक्षण नगरिएको, ठूलो संख्यामा केयर होममा रहेका ज्येष्ठ नागरिककोे मृत्यु भएको समाचार आइरहेका छन् ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक आन्दोलित

२० पुस, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरु आन्दोलित भएका छन् । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको विवादले विगत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकहरु आन्दोलित भएका हुन् । आन्दोलनका लागि भोला दासको अध्यक्षतामा ९ सदस्य संघर्ष समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा जागेश्वर सदा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा राजाई यादव छन् । यस्तै […]

ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकको सङ्घर्ष र भोगाइ आजको पुस्तालाई जीवनोपयोगी

काठमाण्डाै - आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् । ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्त...

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् । तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् । ‘भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ’, ज्येष्ठ नागरिक आशाराम चौधरीले भने, ‘तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ […]

३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

काठमाडौँ– ज्येष्ठ नागरिक उत्थानशीलका बदलिदो विश्वको लागि अपरिहार्यता भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरि ३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।  दिवसका अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकको लागि गुणस्तरीय जीवनयापनको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिएका थिए । सन् १९९१ देखि अन्तर्राष्ट्रिय […]

सामाजिक सुरक्षा भत्ता नपाएपछि भंगहामा ज्येष्ठ नागरिक धर्नामा

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा बसेका छन्। बिहीवार सीतापुर बजार भंगहामा सामाजिक सुरक्षा भत्ता अपचलनका जिम्मेवार नगरप्रमुख सञ्जीवकुमार साह रहेको भन्दै उनीविरुद्ध वृद्ध नागरिकहरू धर्ना बसेका हुन्। भंगहा नगरपालिका–९ भीमगढका सूर्यमान विश्वकर्माले आफूहरूले तीन–चार किस्ताको वृद्धभत्ता नपाएकाले के कारणले नपाएको बुझ्नका लागि धर्नामा बसेको बताए। त्यस्तै, रमेश यादवले […]

भत्ता बुझन् पालो पर्खिदै ज्येष्ठ नागरिक

तनहुँ, ९ फागुनः तनहुँको सदरमुकाम दमौलीस्थित बैंकमा सामाजिक सुरक्षा भत्ता लिन ग्रामीण क्षेत्रबाट आएका ज्येष्ठ नागरिक ।-तस्बिरः सानेबहादुर नेपाली-रासस

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा

सप्तरी – सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनरूप नगरपालिकाका ज्येष्ठ नागरिकहरू नगरपालिका कार्यालयमा आइतवारदेखि धर्नामा बसेका छन्। वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठहरूले नगरपालिका कार्यालय नाराबाजी गरी धर्नामा बसेका हुन् । प्रत्येक चार चार महिनामा पाउनुपर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै कञ्चनरुप नगरपालिकाको १२ वटै वडाका ज्येष्ठ नागरिकहरू नगरपालिकाको कार्यालय धर्नामा बसेको स्थानीयले बताए। भत्ता नपाएसम्म […]

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् ।ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका हुन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा

सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुसी

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा क...