काठमाडौँ – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ। वित्तीय संस्थाको सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले ०७८ असोज १ गतेबाट लागू हुनेगरी थप ४ वर्ष (दोस्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनले उक्त संस्थामा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हाल्दै आएका छन्। […]