काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन्। चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए। काठमाडौँ विश्वविद्यालयबाट एमबिएमा स्नातकोत्तर गरेका उनले बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा […]